९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

औद्योगिक क्षेत्रको ‘बहाल बक्यौता’ विवाद: सरकारले ७ दिनभित्र रकम बुझाउन ताकेता गरेपछि महासंघ आन्दोलित

काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले देशभरका औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरूको बक्यौता रकम बुझाउन ७ दिने अल्टिमेटम दिएको प्रति नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका स्वदेशी उद्योगहरू चरम आर्थिक मन्दी, कच्चा पदार्थको उच्च मूल्यवृद्धि, खुल्ला सिमाना, विदेशी उत्पादनसँगको प्रतिस्पर्धा र