काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेडले सगरमाथा सफलतापूर्वक आरोहण गरेका सुदीप पन्त र साईत शर्मालाई विशेष समारोहबीच सम्मान गरेको छ। संस्थाले शनिबार आयोजना गरेको कार्यक्रममा आरोहीद्वयलाई सम्मानपत्र, दोसल्ला तथा मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष सुशीलकुमार अर्यालको प्रमुख आतिथ्यता रहेको थियो भने कर्मचारी, सामाजिक अगुवा, व्यवसायी, परिवारजन तथा शुभेच्छुकहरूको