काठमाडौं । प्रभु बैंकले संस्थापक बिक्री गर्ने भएको छ । बैंकले आफ्ना संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ७८ हजार २०६ कित्ता सेयर बिक्री गर्न लागेको हो । उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । उक्त सेयरको बिक्री मूल्य भने उल्लेख गरिएको छैन ।