काठमाडौँ। आन्दोलनकारीहरूले लुटपाट र आगजनी गरेर विध्वंस पारेका प्रहरी चौकीहरूको पुन:निर्माण एवं पुन:र्स्थापनामा स्थानीय समुदायले पहल थालेको छ। ललितपुरमा बिहीबार नै स्थानीयले प्रहरी चौकी पुनस्थापना गरी त्यहाँ दरबन्दी रहेका प्रहरीहरूलाई स्वागत गरेपछि देशभर यस किसिमको लहर सिर्जना भएको छ। काठमाडौँका टोलटोलमा रहेका क्षतविक्षेत चौकीहरूको पुनर्निर्माण गर्न स्थानीय सरकार, स्थानीय टोल