काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालय सूचना प्रविधि मुलुकको सुशासन प्रवद्र्धन, समृद्धिर विकासको मुल आधार भएकाले यस क्षेत्रमा लगानी आवश्यक रहेको बताए । सूचना प्रविधिलाई नै चुस्त बनाउन मन्त्रालये समय सापेक्ष कानुन निर्माण गर्ने, पुर्वाधार सिर्जना गर्ने र दक्षजनशक्तिको बृद्धि गर्नेमा मुख्य जोड रहेको जानकारी दिए ।