काठमाडौं । नेपाल बैंकर्स संघले रसुवासहित विभिन्न जिल्लामा आएको बाढी तथा प्राकृतिक विपद्बाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा बैंकिङ सेवा निरन्तरता र राहत तथा पुनःस्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। संघले विज्ञप्तिमार्फत विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा धैर्यताका