२ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

चीनले बाढीको सूचना दिएन भन्ने आरोपप्रति चिनियाँ दूतावासको स्पष्टीकरण

काठमाडौं । चीनले नेपाललाई बाढीको सम्भावित जोखिमबारे पूर्वसूचना नदिएको भन्ने आरोपलाई काठमाडौंस्थित चिनियाँ दूतावासले अस्वीकार गरेको छ। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै दूतावासले यस्ता दाबीलाई भ्रामक र तथ्यहीन भएको जनाएको हो। नेपालमा आएको विपद् चीनतर्फको कुनै बाँध भत्किएका कारण भएको तथा त्यसबारे नेपाललाई जानकारी नदिइएको भन्ने प्रचारमा सत्यता नरहेको दूतावासको भनाइ