काठमाडौं । सुनसरीको देवानगञ्जमा केही दिनअघि भएको घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्थाप्रति हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवाहरूले संयुक्त रूपमा शान्ति र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्। संयुक्त विज्ञप्तिमार्फत उनीहरूले सुनसरी, सिरहा तथा मधेस प्रदेशका अन्य जिल्लामा भएका घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।