१७ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

बगरखोला जलविद्युत् : गाउँको स्वरुप नबिग्रने गरी आयोजना बनाउन माग

काठमाडौँ। म्याग्दीको रघुगङ्गा गाउँपालिका –७ चिमखोलावासीले बगरखोला गाउँको स्वरुप नबिग्रने गरी जलविद्युत् आयोजना बनाउन माग गरेका छन् । रघुगङ्गा –७ चिमखोला भएर बग्ने बगरखोलामा मोना हाइड्रोपावर कम्पनीले ५.५ मेगावाट क्षमताको बगरखोला जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरेको जनाइएको छ । रघुगङ्गा–७ ले मङ्गलवार आयोजना गरेको सर्वपक्षीय भेलाले गाउँ नजिक निर्माण