२ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

सांसद बब्लु गुप्तालाई ५०० रुपैयाँ जरिबाना, ट्राफिक नियम उल्लंघन गरेकोमा क्षमायाचना

काठमाडौं। गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो खिचेको दृश्य सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बब्लु गुप्तालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक नियम उल्लंघन गरेको ठहर गर्दै प्रहरीले उनलाई ५ सय रुपैयाँ जरिबाना गरेको हो। सिरहा–१ बाट निर्वाचित सांसद गुप्ता आफैं जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर जरिबाना रकम