काठमाडौँ । चालु शैक्षिक सत्रको कक्षा ११ मा छात्रवृत्ति कोटाबाट भर्ना भएका विद्यार्थीसँग विद्यालयहरुले शुल्क मागेको गुनासो आएपछि काठमाडौँ महानगरपालिकाले छानबिन तथा अनुगमन थालेको छ । शिक्षा विभागबाट शिक्षा अधिकृत नेत्रनारायण पौडेल, प्रमुखको सचिवालयबाट सस्मित पोखरेल र सहरी योजना आयोगबाट सहायक विज्ञ शैलेन्द्र झा रहेको टोलीले मंगलबारबाट छानबिन र अनुगमनको