२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

बाराही सेदीले साढे ११ लाख कित्ता आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

काठमाडौं । पोखराको लेकसाइडमा पाँचतारे होटेल बनाइरहेको बाराही सेदी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब १६ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ११ करोड ६० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको