काठमाडाैं । परराष्ट्र मन्त्रालयको आकस्मिक कार्य टोली (ईआरटी) ले पश्चिम एसियाली मुलुकहरूमा लगाइएको वैदेशिक रोजगारीको प्रतिबन्ध हटाउन श्रम मन्त्रालयलाई सुझाव दिएको छ। परराष्ट्र सचिव अमृतबहादुर राईको नेतृत्वमा सम्पन्न पाँचौँ बैठकले पछिल्लो समय त्यस क्षेत्रको सुरक्षा अवस्थामा सुधार आएको विश्लेषण गर्दै स्थगित श्रम स्वीकृति पुनः सुचारु गर्न सिफारिस गरेको हो ।