२८ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

सैन्य खर्च कटौतिमा किन छन् सबै मौन ? खर्च घटाउने नाममा झारा टारेर आयो नयाँ बजेट

काठमाडौं । सार्वजनिक खर्च पुनरावलोकन आयोगले ५ वर्षअघि नै केही निष्कृय संस्था खारेजी वा मर्जरमा लान सुझाव दिएको थियो । उक्त प्रतिवेदनको कार्यान्वयन स्वरुप आगामी वर्षको बजेटमा २ वटा संस्थाहरु खारेज गर्ने योजना अघि सारिएको छ । यसलाई सरकारले चालु खर्च घटाउने ठूलो प्रयासको रुपमा प्रचार गर्न खोजेको छ ।