३१ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

बैंकहरू लगानी गर्ने स्थितिमा छन्, उद्योगीलाई ‘फाइनान्सियल रिसोर्स’ अभाव हुँदैन: गभर्नर अधिकारी

काठमडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा उतारचढाव आउनु स्वाभाविक भएको बताएका छन् । एनसेल बाह्रखरी गल्फ र आर्थिक परिसंवाद कार्यक्रममा उनले मान्छेको जीवनमा पनि उचारचढाव आउने भन्दै त्यसलाई थेग्दै अघि बढ्नुपर्नेमा जोड दिए । “अर्थतन्त्रमा पनि मान्छेको जीवनमा जस्तै उतारचढाव आउँछ । त्यसलाई थेग्ने हो,” उनले भने