काठमाडौं । पछिल्लो एक सातामा बैंकहरुको निक्षेप संकलन बढ्दै गएको छ । स्थानीय तहको निर्वाचनमा खर्च भएको रकम बैंकिङ्ग प्रणालीमा भित्रिन थालेको हो । एक साताको अवधिमा बैंकिङ्ग प्रणालीमा निक्षेप भित्रिएको छ भने कर्जा प्रवाहलाई घटाएको छ । उक साताको अवधिमा बैंकहरुले ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।