काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड ( सलिकाे) का प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री एसोसिएसन अफ इन्स्योरेर्स एन्ड रिइन्स्योरेर्स अफ डेभलपिङ कन्ट्रीज (एआईआरडीसी) को उपाध्यक्ष पदमा निर्वाचित भएका छन्। जिम्बाब्वेको हरारेस्थित रेनबो टावर्स होटलमा सेप्टेम्बर २८, २०२६ मा सम्पन्न एआईआरडीसीको जनरल मेम्बरसिप मिटिङमा क्षेत्री उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।