काठमाडौं । नेपालस्थित कन्सूलरहरुको छाता संगठन अनररी कन्सूलर कप्र्स–नेपाल (एचसीसी–एन) Honorary Consular Corps-Nepal (HCC-N) का नवनियुक्त तथा पोल्याण्डका अनररी कन्सुलर जनरल लोकमान्य गोल्छाले सोमबार एक समारोहका बीच पदभार ग्रहण गरेका छन् । विशेष समारोहमा निवर्तमान डिन तथा मोरक्कोका अबैतनिक महावाणिज्य दूत बसन्त चौधरीले नवनियुक्त डिन लोकमान्य गोल्छालाई पदभार हस्तान्तरण गरे