काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा सर्लाहीको बयलवासमा नयाँ शाखा विस्तार भएको छ । बैंकले प्रदेश नं २ सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नः ६ स्थित शाखा कार्यालय बयलवासमा शाखा विस्तार गरी बुधबारबाट कारोबार शुभारम्भ गरेको छ । बयलवास शाखाको विस्तारसंगै बैंकको शाखा कार्यालयहरुको संख्या २५५ पुगेको छ ।