काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ४३ जना कोरोना संक्रमित थपिएका छन । यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार १ सय ११ जना संक्रमणमुक्त भएका छन ।