काठमाडौँ । आकर्षक रोजगारीको प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायतका मुलुकहरूमा पुगेका नेपालीलाई त्यहाँ रहेका नेपाली राजदूतावासहरुले धमाधम फिर्ता पठाउन थालेको छ । यसको पहिलो चरणमा ३७ जना नेपालीलाई स्वदेश फर्काइएको थाइल्याण्ड स्थित नेपाली राजदूतावास बैंककले जनाएको छ । विभिन्न माध्यमबाट म्यानमार (बर्मा) पुगेर अवैधरूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ्ग केन्द्रहरू