काठमाडौं । पछिल्लाे केही वर्षयता लुम्बिनी क्षेत्रमा पर्यटकीय पूर्वाधार विस्तार गरिरहेको लुम्बिनी हेरिटेज लिमिटेडको व्यापारमा क्रमिक सुधार देखिएको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको सञ्चालन आम्दानीले राम्रो लय समातेको छ । आर्थिक वर्ष २०२५ को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ६ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ ।