काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा थप दुई जना पक्राउ परेका छन् । सुकेधाराबाट सिन्धुलीका २२ वर्षीय अलिष श्रेष्ठ र रसुवाका २७ वर्षीय सौरभ तामाङलाई प्रहरीले सोमबार साँझ नियन्त्रणमा लिएको हो । उनीहरू सिसिटिभी फुटेजको आधारमा पक्राउ परेका हुन् ।