काठमाडौँ । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न चाहने कम्पनीका लागि सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३ को मस्यौदा तयार पारेको छ। सार्वजनिक निष्काशनका लागि योग्य, पारदर्शी तथा दिगो संगठित संस्थाहरूको छनोट सुनिश्चित गर्ने र लगानीकर्ताको हित संरक्षण गर्ने उद्देश्यले यो निर्देशिका तयार पारिएको सेबोनले जनाएको