काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाई र वितरण अनिश्चितकालका लागि बन्द भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । लाइसेनस छपाइ तथा वितरण लगायतका सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली अनिश्चितकालका लागि बन्द भएको सूचनामा उल्लेख छ ।