५ कार्तिक २०८३, बिहिबार

Author: अर्थ पथ

५ महिनामा सुन र स्मार्टफोन मात्र करिब ३५ अर्बको आयात, टप १० मा डिजेल, पेट्रोलदेखि मलसम्म 

काठमाडौं । चालु आर्थिक वर्ष २०८२–०८३ को ५ महिनाको अवधिमा अर्थात मंसिर मसान्तसम्ममा सुन र स्मार्टफोन मात्र करिब ३५ अर्ब रुपैयाँ बराबरको आयात भएको छ ।  भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा ५ महिनामा ३४ अर्ब ८५ करोड ८१ लाख रुपैयाँ बराबरको सुन र स्मार्टफोन आयात भएको छ ।