काठमाडौं । चर्किंदो आन्दोलनबीच प्रदर्शनकारीहरूले मंगलबार साँझ बबरमहलस्थित सडक विभागमा आगजनी गरेका छन् । यसअघि उनीहरूले सिंहदरबार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, विशेष अदालत र शीतल निवासलगायतका संरचनामा पनि आगजनी गरिसकेका छन् । सुरक्षाकर्मीहरू घटनास्थलमा तैनाथ गरिएका छन् । तर, स्थिति अझै नियन्त्रणमा आउन सकेको छैन ।