काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। मंगलबार उनीहरूले विमानस्थलभित्र प्रवेश गरी पार्किङ क्षेत्रमा रहेका सवारीसाधनमा आगजनी गरेका हुन्। आगलागीका कारण पाँचवटा चारपाङ्ग्रे र दुईवटा दुईपाङ्ग्रे सवारी जलेका छन् अन्यमा केहि सामान्य क्षति पुगेकाे छ ।