काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको सोमबार साझ ४:३० बजे बसेको सञ्चालक समितिको बैठकले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीले १ को अनुपातमा ०.४६६१ शेयर हकप्रद शेयर जारी गर्ने कम्पनीको परिपालन अधिकृत प्रवीन अधिकारीले जानकारी दिए ।