काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभर अनिश्चितकालीन सार्वजनिक तथा मालवाहक सेवा बन्द गर्ने निर्णय गरेको छ । भदौ २३ गते ‘जेनजी’ समूहको शान्तिपूर्ण प्रदर्शनमा भएको सरकारी दमन र १९ विद्यार्थीको मृत्युप्रति गहिरो दु:ख व्यक्त गर्दै महासंघले शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा पुन: सञ्चालन नगर्ने जनाएको हो ।