काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लामा आज दिउँसो सवा १२ बजेबाट कर्फ्यू लागू भएको छ । प्रदर्शन उग्र बनेपछि प्रशासनले कर्फ्यूको निर्णय गरेको हो । कर्फ्यू लागू भएपछि काभ्रे हुँदै जाने प्रमुख राजमार्ग पूर्ण रूपले बन्द भएका छन् । यातायात अवरुद्ध भएको छ ।