काठमाडाैं । नवीकरणीय ऊर्जाको अत्यावश्यकतालाई जोड दिँदै, हिमालयन एभरेष्ट इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल- री इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रवर्द्धनमा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले उर्जा डेभलपर्स द्वारा विकसित १० मेगावाटको मिथिला सोलार परियोजनामा महत्त्वपूर्ण लगानी गर्ने सम्झौता गरेको छ। यो रणनीतिक लगानी नेपालले आफ्नो विशाल वैकल्पिक ऊर्जा