अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

धान रोपाइँ सुस्त : १३ लाख हेक्टरमा सकियो रोपाइँ, ६० लाख टन उत्पादन लक्ष्य

काठमाडौं । यो वर्ष धान रोपाइँको गति केही सुस्त छ । यो वर्ष ४.२९ प्रतिशत कम धान रोपाइँ भएको हो । कृषि विभागका अनुसार हालसम्म कुल खेतीयोग्य जमिनको ९४.१५ प्रतिशतमा मात्र धान रोपाइँ सम्पन्न भएको छ । जबकि, गत वर्ष भने ९८.४४ प्रतिशत खेतीयोग्य जमिनमा धान रोपाइँ भएको थियो ।