काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संचालक सजना मानन्धरलाई फिर्ता बोलाइएको छ । उनी कुमारी बैंकबाट प्रतिनिधित्व गर्दै संस्थामा संचालक रहेकी थिइन् । संस्थापक समूहबाट सञ्चालकमा प्रतिनिधित्व गर्ने मानन्धरलाई कम्पनी संचालक समितिले फिर्ता बोलाएको हो । हाल संस्थामा बैंकको तर्फबाट प्रतिनिधित्व नरहने कम्पनीले जनाएको छ ।