काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले ऊर्जा र विद्युतलाई अक्सिजन सरह अपरिहार्य रहेको बताए । उनले नेपाल विद्युत प्राधिकरणलाई २४ घण्टा अविच्छिन्न, सुरक्षित र भरपर्दो आपूर्ति गर्न सक्ने संस्थामा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ४० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री