२५ भदौ २०८३, बिहिबार

Author: बिक्रम सुनार

अझै हटेन ‘घर जग्गा व्यापार’मा संकुचन, कित्ताकाट खुल्दा पनि किन सुस्तायो कारोबार ?

काठमाडौं । केही दशकयता घरजग्गा कारोबार निकै उर्लिएको थियो । योगदानका हिसाबमा नेपालको अर्थतन्त्रमा घरजग्गाको हिस्सा बढी मानिन्छ । तर, पछिल्लो समय यसको कारोबार निरन्तर घटेको छ । केही वर्ष अघिसम्म निकै नै फस्टाएको घरजग्गा व्यवसायमा अझै सङ्कुचन हट्न सकेको छैन । सरकारले अर्थतन्त्र खुम्चिँदै गएपछि कित्ताकाट खुलाउने निर्णय पनि