बुटवलमा डिशहोम फाईवरनेटको सोरुम « Arthapath.com
२७ बैशाख २०७९, मंगलवार

बुटवलमा डिशहोम फाईवरनेटको सोरुम



काठमाडौं । डिशहोम फाइबरनेटले बुटवलको मुटु ट्राफिकचोकमा सहवितरण शोरुम सञ्चालनमा ल्याएको छ । नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सले सञ्चालन गर्नेगरी बैशाख २६ गते सोमबारदेखि उक्त शोरुम सञ्चालनमा आएको हो ।

डिशहोमका एरिया सेल्स म्यानेजर प्रदिप सुबेदी र सेल्स अफिसर बिनोद सुबेदी नेपाल डिटिएच लिंकका प्रोपाइटर राजकुमार सेन को उपस्थितिमा एरिया सेल्स म्यानेजर प्रदिप सुबेदी ले रिवन काटेर शोरुमको समुदघाटन गरेका हुन । कार्यक्रममा वोल्दै सेल्स म्यानेजर सुबेदीले ६ महिनाको छोटो अबधिमा नै यस क्षेत्रमा डिशहोमको फाइबर नेट प्रयोगकर्ता ८ हजार भन्दा बढि सन्तुष्ट ग्राहक रहेको र डिश होम फाइबर नेट प्रति ग्राहकको बढ्दो आकर्षण रहेको बताए ।

नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्स ले हालसम्म धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको छ । अब अझ बढी ग्राहकमाझ पुग्न नयाँ शोरुमले मद्दत गर्ने नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायसका सञ्चालक बिबेक गुप्ताले बताए ।


प्रतिक्रिया दिनुहोस्