रियलमी नार्जो सिरिजको नयाँँ मोडल नार्जो ५० आइप्राइम नेपालमा उपलब्ध « Arthapath.com
७ मंसिर २०७९, बुधबार

रियलमी नार्जो सिरिजको नयाँँ मोडल नार्जो ५० आइप्राइम नेपालमा उपलब्ध



काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नार्जो फ्यामिलीमा फेरी अर्को एउटा सिरिज थपेको छ– रियलमीनार्जो ५० आइप्राइम । यसले नार्जोको स्टाइलिश डिजाइन, छरितो पर्फर्मेन्स र पावरफुल प्रोसेसरको लेगसीलाई अझै विशालबनाउने र प्रयोगकर्तालाई समग्र रुपमा एउटा पूर्ण स्मार्टफोन एक्स्पिरियन्स प्रदान गर्ने विश्वास गरिएको छ ।

लन्चको बारेमाबोल्दै रियलमीका कन्ट्री हेड मुनिशगिरीले भने,“नार्जो सिरिजको नयाँँ सदस्यको रुपमा रियलमीनार्जो ५० आइप्राइमलाई लन्च गर्न पाउँदाहामीअत्यन्तै उत्साहित छौँ । नेपालको गेमिङ क्राउडले नार्जो सिरिजलाई एकदमै मन पराएको थियो । त्यसैले हामीलाई अझै पावरफुल गेमिङ फोन ल्याउनहौसलादिएको थियो । एन्ट्री लेभलको सबैभन्दा स्टाइलिश फोन नार्जो ५०आइप्राइम अब अझै आकर्षक भर्टिकल स्ट्राइप डिजाइनमा आएको छ र यसको पावरफुलयुनिसक T612 प्रोसेसरले पहिलाको भन्दाअझै पावरफुलपर्फर्मेन्स प्रदान गर्छ । एउटा ब्रान्डको रुपमा रियलमीले सदैव आफ्नो स्मार्टफोनहरुमानवीनतमप्रविधीहरु प्रयोग गर्न तत्पर छ र रियलमीनार्जो ५०आइप्राइमले रियलमीलाई एक कदम अगाडि बढाएको छ ।”

प्रयोगकर्ताहरुलाई अहिलेसम्मकै उत्कृष्ट अनुभवप्रदान गर्ने हिसाबले रियलमीनार्जो ५० आइप्राइमको डिजाइन गरिएको कम्पनीले जनाएको छ । साथै यो मुल्यमाउपलब्धअहिलेसम्मकै पातलो र हल्कावजनको फोन भएको पनिकम्पनीले दावी गरेको छ । ८.५ मिमिको अल्ट्रा स्लिम बडी भएको यस फोनको तौल भने जम्मा १८२ ग्राम रहेको छ । भर्टिकल स्ट्राइप डिजाइनले हेर्दा जतिआकर्षक देखाएको छ, यसको प्रोसेसर पनिउत्तिकै शक्तिशाली रहेको छ । यसमा AnTuTuबेन्चमार्क २०९८३२ को पावरफुलयुनिसक T612 प्रोसेसर रहेको छ । त्यस्तै यसमाभएको २.२ हाइ स्पिड युनिभर्सल फ्ल्यास स्टोरेजले ३ गुणा छिटो डाटा रिड र राइट गर्न सक्छ । सजिलोसँग ब्लकबस्टर शट्सहरु लिन र डिटेल्ड तस्विरहरु लिनको लागियसमा ८ एमपिको एआइक्यामरा राखिएको छ । त्यस्तै यसमा रहेको ५००० एमएएच्को शक्तिशाली ब्याट्रि स्ट्यान्ड बाइमोडमा ४५ दिनसम्म टिक्न सक्छ । ३ जिबि ¥याम र ३२ जिबि रोमभएको सेटको मुल्य रु १४,४९९ रहेको छ भने ४ जिबि ¥याम र ६४ जिबि रोम भएको सेटको मुल्य रु १५,९९९ रहेको छ । यीफोनहरु आकर्षक डार्क ब्लु र मिन्ट ग्रिन रंगहरुमाउपलब्ध छन् ।


प्रतिक्रिया दिनुहोस्