चालुपुँजी कर्जा संबन्धी निर्देशिका विरूद्ध आन्दाेलनमा नाडा व्यावसायी « Arthapath.com
१६ मंसिर २०७९, शुक्रबार

चालुपुँजी कर्जा संबन्धी निर्देशिका विरूद्ध आन्दाेलनमा नाडा व्यावसायी



काठमाडौं । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपाल (नाडा)ले व्यवसाय अमैत्रीपूर्ण नीतिहरुको विरोधमा दबावमुलक कार्यकमको घोषणा गरेको छ ।

राष्ट्र बैंकले व्यवसायीहरु पूर्णतः धरासायी हुने खालका नीति ल्याएको भन्दै नाडाले विरोध कार्यक्रम गर्न लागेको हो ।

शुक्रबार राजधानीमा पत्रकारी सम्मेलन गरि नीतिगत अवरोधहरु हटाई व्यवसायमैत्री वातावरण सिर्जना का लागि अटोमोबाइल व्यवसायीहरुले निरन्तर रूपमा औपचारीक र अनौपचारीक माध्यमहरुबाट सम्बद्ध मन्त्रालयहरु र राष्ट्र बैंकसंग अनुरोध गर्दै आए पनि कुनै सुनवाई नभएपछि चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न बाध्य भएको व्यवसायीहरुले जानकारी गराए ।

हाल जारी गरिएको चालु पूजी कर्जा तथा बैंकको व्याज तथा प्रिमियम दरमा गरिएको वृद्धिका कारण यी व्यवसाय तहस नहस हुने अवस्थामा पुगेको नाडाले जनाएको छ ।

नाडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, -‘सयौ अटोमोबाइल शोरुमहरु बन्द भईसकेका छन् भने थप अन्य शी रुमहरु समेत बन्द हुने क्रममा रहेका छन । यस्तो स्थितिका कारण यस व्यवसायमा आश्रित हजारौ कर्मचारीहरु समेत बेरोजगार बन्न पुगेका छन् । नेपालको अटोमोबाइल क्षेत्रले सरकारको राजस्वमा २५ प्रतिशत योगदान गर्दै, प्रत्यक्ष एक लाख र अप्रत्यक्ष रूपमा झण्डै दश लाख जनालाई रोजगारी प्रदान गरेको छ । त्यसैगरी यस क्षेत्रले नेपालको विज्ञापन बजारमा ४० प्रतिशत र निर्जिवन बिमाको कुल राजश्वमा ५० प्रतिशत हिस्सा अटोमोबाइल क्षेत्रले हिस्सामा योगदान पुयाउँदै आएको भए पनि सरकारले यस क्षेत्रलाई विलाशी बस्तुहरुमा वर्गिकरण गर्दै त्यसै अनुरुपको उच्च महशुल मात्र लगाएको छैन अपितु यस व्यवसायलाई नै निरुत्साहित गर्ने उद्देश्यले क्रमबद्ध रुपमा विभिन्न नीतिगत अवरोधहरु तैस्याउने गरेको हामीले देखिरहेका छौ ।’

सरकारले विगत आठ महिना देखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप, भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरूको आयातमा प्रतिबन्ध लगाएको छ ।

सो आयात प्रतिबन्धका साथसाथै अटोमोबाइल व्यवसायसंग सम्बन्धित विषयहरुमा नेपाल राष्ट्र बैंकले ल्याएको एक पछि अर्को व्यवसायमैत्री नीति नियमहरु, हायर पर्चेज कर्जामा ५० प्रतिशतको सीमा, जोखिम भारमा वृद्धि, प्रतितपत्र मार्जिनमा बढोत्तरी लगायत विभिन्न नीति नियमहरुमा गरिएको कडाईका कारण अटोमोबाइल व्यवसायीहरु पूर्णतः धरासायी हुने अवस्थामा पुगेको व्यवसायीहरुले बताएका छन ।

विरोध कार्यक्रममा सम्पूर्ण अटोमोबाइल व्यवसायीहरु, नेपाल उद्योग वाणिज्य महासंघमा आवद वस्तुगत संगठन र जिल्ला नगर उद्योग वाणिज्य संघहरु, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलाई समेत भौतिक उपस्थिति, नैतिक समर्थन र एकेबद्धताको लागि नाडाले अनुरोध समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्