टोयोटा विजय उत्सव सुरु: गाडी किन्दा एक्सचेञ्ज बोनस, नि:शुल्क बीमा र बैंकिङ फाइनान्सको पनि व्यवस्था « Arthapath.com
२१ भाद्र २०८०, बिहीबार

टोयोटा विजय उत्सव सुरु: गाडी किन्दा एक्सचेञ्ज बोनस, नि:शुल्क बीमा र बैंकिङ फाइनान्सको पनि व्यवस्था



काठमाडौं । टोयोटा विजय उत्सव आजदेखि अर्थात भदौं २१ गतेदेखि सुरु भएको छ । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि ले विजय उत्सवको आयोजना गरेको हो ।

भदौ ३० गतेसम्मका लागि काठमाडौंको आनन्दनगर स्थित आफुनो शोरुममा “टोयोटा विजय उत्सव” आयोजना गरेको छ ।कम्पनीले बडा दशैँ २०८० लाई बिशेष लक्षित गरि आयोजना गरेको सोे उत्सवमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसोसरिज, फ्री इन्सुरेन्स, विभिन्न उपहारहरु समेत पाउने सक्नेछन् ।

टोयोटा विजय उत्सवमा हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पाउनुको साथै “लकी ड्“ मार्फत उपहारहरु जित्न सकिनेछ । दशैँ नजीकिदै गरेको क्षणमा यटिएस सित पर्याप्त स्टक रहेको हुँदा आफ्ना ग्राहकलाई निर्धक्कका साथ टेस्ट ड्राइभ गर्न आउनको लागि कम्पनीले अनुरोध समेत गरेको छ ।

साथै, यस विजय उत्सवमा ग्राहकलाई सहजीकरण गर्नका निम्ति नबिल बैंक र एभरेष्ट बैंकसंग बैंकिंग फाईनान्सको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

यस वर्ष ग्राहकले टोयोटाको उपस्थिति नाडामा देख्न हुने छैन। टोयोटाको ग्लोबल भिजन “मोबिलिटी फोर अल” लाई सहयोग गर्दै युटिएसले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर उक्त उत्सव मार्फत ल्याएको छ ।


प्रतिक्रिया दिनुहोस्