८ लाख रुपैयाँ कम मूल्यमा निसानका सबै मोडेलको गाडी किन्न सकिने, झन्डै १४ लाखको फाइदा लिने मौका  « Arthapath.com
२४ भाद्र २०८०, आईतवार

८ लाख रुपैयाँ कम मूल्यमा निसानका सबै मोडेलको गाडी किन्न सकिने, झन्डै १४ लाखको फाइदा लिने मौका 



काठमाडौँ । निसान गाडी खरिदमा भारी छुट पाइने भएको छ । निसान गाडीको आधिकारिक वितरक कम्पनी पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ ड्राइभ’ को विशेष छुटको योजना ल्याएको हो । 

उक्त योजनामा निसानका सबै गाडी खरिदमा आकर्षक नगद छुटसहित १३ लाख ७५ हजार रुपैयाँसम्मको फाइदा लिन सकिने भएको हो । भदौ २६ गतेदेखि काठमाडौंमा हुने नाडा अटो शो २०२३ र नजिकिँदै गरेको चाडपर्वको अवसरमा उक्त योजना ल्याएको हो ।

योजना अन्तर्गत अब निसानका निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स–ट्रायल खरिदमा ८ लाख कम मूल्य अर्थात् सो बराबरको रकम छुट पाइने भएको छ । 

योजना अन्तर्गत ग्राहकहरूले ‘नाडा अटो सो’मा निसान गाडी बुकिङ गर्दा नि:शुल्क गाडी व्यापक बीमा, नि:शुल्क ३ वर्षको सडक कर (रोड ट्याक्स), नि:शुल्क ३ वर्षको सर्भिसिङ, ३ वर्षको वारेन्टी सहित १३ लाख ७५ हजार बराबरको फाइदा लिन सकिने कम्पनीले जनाएको छ । 

यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिनेछ । यस योजना अवधिभर दिइने विभिन्न नि:शुल्क सुविधाहरूले चाडपर्वको समयलाई थप उत्सवमय बनाउने कम्पनीको विश्वास छ । 

पायोनियर मोटो कर्पले सम्पूर्ण ग्राहकहरूलाई नाडा अटो सो २०२३ मा सहभागी भई वा आफ्ना नजिकको निसान सोरुममा सम्पर्क गरी यो नयाँ योजनाका छुट तथा सुविधा लिन आग्रह समेत गरेको छ।  


प्रतिक्रिया दिनुहोस्