७६ हजार बढीले गरे अवलाेकन नाडा अटाे साे, अर्थतन्त्र नाजुक नरहेकाे प्रमाणित भयाेः अध्यक्ष थापा

काठमाण्डाैं । यस वर्षकाे नाडा अटाे साे आज आइतबार समापन भएकाे छ । भदाै २६ गतेदेखी सुरू भएकाे साेमा ७६ हजार १ सय जनाले अवलाेकन गरेकाे नाडाका अध्यक्ष ध्रुव थापाले बताए ।
अटाे साेमा सर्वसाधारणकाे उल्ख्य सहभागीता रहेकाे नाडाले जनाएकाे छ । ‘सहभागीकाे उत्साहले अर्थतन्त्र नाजुक नरहेकाे प्रमाणित भयाे ।’ अध्यक्ष थापाले बताए ।
नाडा साे मा स्तरिय अवलाेकनकर्ताकाे भिड लागेकाे नाडाले जनाएकाे छ । ५० हजारले अवलाेकन गर्छन भन्ने अनुमानभन्दा बढीकाे उपस्थितीले उत्साह थपेकाे नाडाले जनाएकाे छ ।
अर्थतन्त्र तुस्ततामा पनि अटाे साेमा भएकाे सवारी बुकिङले देशकाे अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेकाे अध्यक्ष थापाले बताए ।