‘नाडा अटो शो २०२३’: विशाल प्रदर्शनीको शानदार समापन, सुस्ताएको अटो व्यवसायमा थप उत्साह « Arthapath.com
३१ भाद्र २०८०, आईतवार

‘नाडा अटो शो २०२३’: विशाल प्रदर्शनीको शानदार समापन, सुस्ताएको अटो व्यवसायमा थप उत्साह



काठमाडौं । ‘नाडा अटो शो २०२३’ भव्य रुपमा समापन भएको छ । गत मंगलबार (भदौ २६ गते) देखि काठमाडौंको भृकुटीमण्डमा संचालन भएको अटो शो आइतबार सकिएको हो ।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आयोजना गरेको उक्त शो ६ दिनसम्म चलेको थियो । ‘नाडा अटो शो २०२३’ ७६ हजार १ सय जनाले अवलोकन गरेका छन् । जुन आयोजकले गरेको अनुमान भन्दा धेरै हो ।

उक्त प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुजाका साथै राष्ट्रिय ब्रान्डका नदी सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूले सहभागिता जनाएका थिए ।

प्रदर्शनीमा १६ वटा ब्रान्डका चार पाङ्ग्रे, २२ वटा ब्रान्डका दुई पाङग्रे, ७ वटा ब्रान्डका नाइट कमर्शियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा विकेन्ट, टायर प्याटरी पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहेको छ ।

विशाल प्रदर्शनीमा अवलोकनकर्ताहरूको सुविधालाई विशेष ध्यानमा राखी २– पाङग्रे, ४– पाङग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरूको छुट्टा–छुट्टै प्रदर्शन राखिएको थियो । उद्घाटन सत्रमा नै अवलोकनकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो । शोमा १२० वटा स्टल तथा ब्लकहरू रहेका थिए ।

तीन वर्षपछि आयोजना गरिएको नाडा अटो शो निकै उत्साहजनक रुपमा सम्पन्न भएको नाडाका अध्यक्ष ध्रुव थापाले बताए । समापन समारोहमा बोल्दै थापाले सुस्ताएको अटो बजारलाई थप उत्साहित बनाउँदै अटो शो सम्पन्न भएको बताए ।

उनले भने,– अटो शोमा अवलोकनकर्ताहरुको उल्लेख्य सहभागिता रह्यो । सुस्ताएको अटो क्षेत्रलाई थप उत्साहित बनाउने गरि सर्वसाधारणहरुले सहभागिता जनाए । आर्थिक संकट लगायतका बाबजुत पनि सवारी बुकिङको संख्याले देशको अर्थतन्त्रमा सकरात्मक प्रभाव पारेको छ ।

अब चाडपर्व पनि नजिकै भएकाले अटो बजार थप चलायमान हुने बताए । उनले भने,– अटो शो हेर्न आउने सर्वसाधारणको सहभागिताले अटो क्षेत्र थप चलायमान बनाउने संकेत गरेको छ । अव विस्तारै चाडपर्व पनि नजिक छ, यसले व्यापारमा थप टेवा पुग्ने देखिन्छ ।

अटो शोमा विद्युतीय सवारीमा अवलोकनकर्ताको निकै चाप रहेको थियो । डिजेल, पेट्रोलबाट चल्ने सवारी भन्दा पनि विद्युतीय सवारीमा निकै आकर्षण थियो । बुकिङ आधारमा पनि इभि धेरै रहेको आयोजकले जनाएको छ ।

विशाल प्रदशनीमा विद्युतीय सवारीको चर्को आकर्षण थियो । विद्युतीय सवारीले नै उक्त शोको शोभा बढाएका छन् । अवलोकनकर्ता जता जता विद्युतीय सवारीहरूको स्टल छ त्यतै त्यतै भिड लागेको देखिन्छ ।

कम्बसन गाडीको तुलनामा विद्युतीय सवारीको चहलपहल बढी देखिन्छ । उक्त शोमा बीवाईडी, एमजी, नेटा र वुलिङले ईभीलाई मात्र प्रदर्शनीमा रहेका छन् ।

‘नाडा अटो शो’ कै अवसरमा सार्वजनिक भएको टाटाको तीन विद्युतीय सवारीमा उत्तिकै क्रेज देखिएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा टियागो इभी, नेक्सन इभी एक्स जेट प्लस र टाटा पन्च सार्वजनिक गरेको थियो । ती गाडीहरुमामा निकै भिड लागेको थियो । टाटका दुई विद्युतीय सवारीले अटो शोकै रौनकता बढाएका थिए ।

यस्तै, अटो शोमा चौधरी ग्रुपले बिक्री वितरण गर्दै आएको नेटा ब्रान्डका तीन विद्युतीय सवारी प्रदर्शनमा राखिएको थियो । सीजी मोटर्सले शोमा नेटा जीटी, नेटा यू र नेटा एस प्रदर्शनीमा राखिएको थियो । यी विद्युतीय गाडी हेर्न पनि अवलोकनकर्ताको उत्तिकै भिड लागेको थियो ।

यता, एमजि गाडीको विद्युतीय सवारीले पनि अटो शोको माहोल तताएका थिए । एमजि गाडीको लागि नेपालको आधिकारिक वितरक एवं आयातकर्ता पारामाउन्ट मोटर्सले एमजि कमेट इभि र एमजि ४ इभि प्रदर्शनीमा राखेको थियो । यी गाडीको बारेमा बुझ्ने र हेर्न आउनेको भिड पनि उत्तिकै बाक्लो रहेको थियो ।

यस्तै, उक्त शोमा बिवाईडीका तीन विद्युतीय सवारी डल्फिन, सिल र एटो थ्रि प्रदर्शनीमा राखिएको छ । ती गाडीले पनि अटो शोको शोभा बढाएका थिए ।

नेपालका लागि बिवाइडी अटो इन्डस्ट्रीको आधिकारिक आयातकर्ता एवम् वितरक साइमेक्स इंकले प्रदर्शनीमा राखेका ती गाडीको बारेमा बुझ्नका लागि निकै भिड लागेको थियो । ‘बीवाईडीको नयाँ विद्युतीय सवारीमा सर्वसाधारणको निकै चासो देखिएको छ । यसको बारेमा बुझ्न र हेर्न आउनेको सङ्ख्या निकै उत्साहजनक छ’– बिवाइडीका प्रतिनिधिले भने । बुकिङका हिसावले पनि विबाइडीको गाडी अग्रपंक्तिमै छ ।

त्यसैगरि नाडा अटो शोमा सेरेस–३ र सेरेस मिनि इभी पनि भव्य प्रदर्शनीमा गरेको छ । नाडा अटो शोमा सेरेस–३ र सेरेस मिनि इभी पनि प्रदर्शनीमा राखिएको थियो ।

अन्तिमदिनसम्म पनि सेरेस गाडीमा मानिसको भिडभाड घटेको थिएन । पहिलो दिनदेखि नै सेरेस इभिमा निकै भिड लागेको थियो । एमएडब्लू वृद्धि अटोकर्प प्रालिले सेरेस–३, सेरेस मिनी इभि प्रदर्शनीमा राखेको हो । दुई भेरियन्टमा नेपाल आएको सेरेस–३ कम्फर्ट भेरियन्टको मूल्य ४७ लाख ९९ हजार र प्रिमियम भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सेरेसले यसमा ९९ किलोवाटको मोटर दिएको छ । साथै, ब्याट्री भने दुवै भेरियन्टमा समान ५२.७ किलोवाट आवर क्षमताको छ । सिङ्गल चार्जमा औसत ३५० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यस्तै, मिनी ईभी सेरेस ई वानलाई प्रदर्शनीमा राखिएको छ। यसमा १३ किलोवाट आवरको ब्याट्री दिइएको छ । यो गाडीमा दिइएको ब्याट्रीले सिङ्गल चार्जमा १८० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । सर्ट रेन्ज भेरिअन्ट गाडीको सुरुवाती मूल्य १३ लाख ९९ हजार निर्धारण गरिएको छ ।

यता, ब्याट्री साइजमा फुल अप्सन ईवानको मूल्य १६ लाख ४९ हजार कायम गरिएको छ । त्यस्तै लङ रेन्ज तर्फ १६ किलोवाट आवरको ब्याट्री, २२० किलोमिटर रेन्ज दिने भेरियन्टको मूल्य १७ लाख ९९ हजार तोकिएको छ । अन्य गाडीको तुलनामा मिनी इभी सेरेस इ वान अन्यको तुलनामा सस्तो भएकाले पनि यसमा थप आकर्षण देखिएको छ । सेरेस र मिनि इभी सेरेसमा पनि अवलोकनकर्ताको रोजाइमा परेको पाइन्छ ।

यस्तै, अटो शोमा चौधरी ग्रुपले बिक्री वितरण गर्दै आएको नेटा ब्रान्डका तीन विद्युतीय सवारी प्रदर्शनमा राखिएको थियो। । सीजी मोटर्सले शोमा नेटा जीटी, नेटा यू र नेटा एस प्रदर्शनीमा राखिएको थियो । यस तर्फ पनि निकै भिड लागेको थियो । आगनतुक सीजी मोटर्सका विद्युतीय सवारीको स्टलमा झुम्मिएको पाइन्छ ।

नेटा जीटी प्रिमियम कुप्पे कार हो । विभिन्न ब्याट्री क्षमता र मोटर पावरमा उपलब्ध नेटा जीटी मोडलको टप भेरियन्टले ६६० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । होजोन मोटर्सले यसमा १७० देखि ३४० किलोवाट क्षमताको मोटर र ६२ देखि ७८ किलोवाट आवर क्षमताको ब्याट्री दिएको छ ।

यस्तै, नेटा यू राम्रो र लङ रेन्ज एसयूभी हो । यसमा ८१.७ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्रयोग भएको छ । १७२ किलोवाट क्षमताको मोटर जडान भएको नेटा यूले सिंगल चार्जमा ६११ किलोमिटर रेन्ज दिने बताइएको छ ।

यता, नेटा एस प्रिमियम सेडान हो । होजोन मोटर्सले अल ह्वील ड्राइभ सिस्टममा यसलाई ल्याएको छ । यसको संयुक्त पीक पावर ३४४ किलोवाट रहेको छ । नेटा एसमा ९५ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ६५० किलोमिटर रेन्ज दिने एनइडीसीले प्रमाणित गरेको छ ।

यस्तै, कम्बसन गाडी तर्फ सुजुकी जिम्नी, निसान म्यागनाईट, हुन्डाई एक्सटर, टाटा पन्च, महिन्द्रा स्किपियो एनमा पनि आकर्षण नै थियो । कम्ब्सन तर्फ यी गाडीहरुकै बढी चर्चा रहेको थियो ।

यस्तै, उक्त शोमा दुई पाङ्ग्रे तर्फका सवारीमा पनि उस्तै आकर्षण रहेको थियो । विशेष गरि विद्युतीय बाहेका मोटरसाइकल तथा स्कुटरमा अवलोनकर्ताहरु झुम्मिएका थिए । विशेषरुपमा रोयल इन्फिल्ड हन्टर, टिभिएस रोनिन, केटिएम, याज्दी जस्ता ब्रान्डमा केन्द्रित थिए । यस्तै इलेक्ट्रिक स्कुटरमा अवलोकनर्ताको उत्तिकै भिडभाड थियो ।


प्रतिक्रिया दिनुहोस्