‘दशैं-तिहार’मा बाइक र स्कुटर बिकाउन कम्पनीहरुका आ-आफ्नै स्किम, कुन अफर कस्तो ? « Arthapath.com
१९ आश्विन २०८०, शुक्रबार

‘दशैं-तिहार’मा बाइक र स्कुटर बिकाउन कम्पनीहरुका आ-आफ्नै स्किम, कुन अफर कस्तो ?



काठमाडौं । पछिल्लो समय दुई पाङ्ग्रे सवारीप्रति निकै आकर्षण छ । विशेषगरि युवा पुस्ता माझ मोटरसाइकल मोह अत्याधिक छ । दुईपांग्रे सवारीले सजिलै ट्राफिक जाम छिचोल्न सकिने भएकाले युवाको रोजाइमा मोटरसाइकल पर्ने गरेको छ । मोटरसाईकल अहिले कामकाजी व्यक्तिहरुका लागि त झन् नभई हुने साधान बनिसकेको छ । यसका साथै व्यवसायीहरुलाई उत्तिकै आवश्कताको साधान कहलिएको छ ।

पछिल्लो बढ्दो सवारी चापले गर्दा सार्वजनिक सवारी साधनमा हुने ढिलाइका कारण पनि मोटरसाइकल प्रयोगकर्ताको संख्या बढ्दो छ । यद्यपि, कतिले शोखले किन्छन् कतिले आवश्यकता किन्छन् । जे होस्, यस्ता आवश्यकता पुरा गर्न विभिन्न दुई पाङ्ग्र सवारी उत्पादक कम्पनीले विभिन्न प्रकारका मोटरसाइकल उत्पादन गरिरहेका छन् । कम्पनीहरुले फरक–फरक आर्थिक स्तर र भिन्नाभिन्नै रुचि भएकाहरुलाई भिन्नाभिन्नै प्रकारका मोटरसाइकल तथा बजारमा ल्याउने गर्दछन् । व्यक्तिहरुले पनि आफ्नो आवश्यक र आर्थिक स्तर अनुसार नयाँ बाइक तथा स्कुटर चढ्छन् ।

यति बेला नेपाली हिन्दु धर्मावलम्बीहरुको महान् चाड दशैं, तिहार तथा छठ लगायतका चाडपर्व नजिकिँदै गएको छ । चाडपर्व नजिएिकसँगै दुई पाङ्ग्रे सवारीसाधन बिक्रेता कम्पनीहरुले विभिन्न अफरहरु ल्याएका छन् । नयाँ अफर अनुसार विभिन्न ब्राण्डका मोटर साइकल तथा स्कुटर खरिद गर्न चाहनेहरुलाई धेरै नै आकर्षिक गर्ने गरेको छ । ग्राहकले पनि विभिन्न सेवा सुविधा र छुट पाइने भएकाले नै दशैं तिहारमा नै नयाँ बाइक तथा स्कुटर खरिद गर्ने योजना बनाएका हुन्छन् । दशैं तिहारजस्ता ठूला चाडपर्व सवारीसाधन बिक्रेता र खरिदकर्ता दुवैका लागि फलदायी हुने समय हो ।

कम्पनीहरुले चाडवाडको समयमा नगद छुट, सहज फाइनान्सको सुविधा, पार्ट पुर्जामा सुविधा, सवारी करमा छुट, सस्तो मासिक किस्ताबन्दी लगायतका योजना धमाधम ल्याईरहेका छन् ।

कम्पनीहरुले शतप्रतिशत क्यासब्याकदेखि १० लाख रुपैयाँसम्म जित्न सकिने अफर ल्याएका हुन् । कम्पनीहरुले आफ्नो ब्राण्ड बिक्रीका लागि ग्राहकहरूको उत्साहमा रोमाञ्चकता थप्न केही न केही योजना सार्वजनिक गरिरहेका हुन्छन् । यति बेला विभिन्न कम्पनीहरुले बाइक र स्कुटरमा ग्राहकहरु आकर्षित गर्न अफरहरु ल्याइरहेका छन् ।

हेरौं कस्को अफर कस्तो ?

होन्डा मोटर साइकल तथा स्कुटर खरिदमा १० लाख जित्ने मौका

दशैं–तिहारमा होन्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्दा १० लाखसम्मको नगद उपहार जित्न सकिने अफर आएको छ । होन्डा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होन्डाको जुनसुकै बाइकको खरिदमा स्क्र्याच मार्फत १० लाखसम्म जित्न सकिने अफर ‘दशैंमा १० लाख’ ल्याएको हो ।

होन्डा बाइक खरिद गर्ने हरेक ग्राहकलाई कम्पनीले एउटा स्क्र्याच कुपन दिने कम्पनीले जनाएको छ । सो कुपनमार्फत १० लाखसम्म जित्न सक्ने अवसर प्राप्त भएपछि उनीहरुलाई अर्को स्क्र्याच कार्ड अर्थात ५ वर्षको लागी १२ हजार ५०० बरावरको एएमसी प्याकेज छान्ने विकल्प दिइने कम्पनीले जनाएको छ । यसमा ग्राहकले स्क्र्याच कार्ड छनोट गर्दा पुनः १० हजार रुपैयाँसम्म जित्न सक्नेछन् ।

साथै होन्डाको कुनैपनी बीग बाईक खरिद गर्न चाहेको खण्डमा १ लाखसम्म नगद छुट दिईने कम्पनीले जनाएको छ । यो स्किम होन्डाको देशभर संचालनमा रहेका शोरुममा लागु हुनेछ ।

१ लाख रुपैयाँसम्मको छुटमा यामाहा बाइक र स्कुटर किन्ने मौका, जापान जाने अफर

यामाहा नेपालले पनि फेस्टीभ सेलिब्रेसन अफर ल्याएको छ । यामाहा ब्रान्डको मोटरसाइकल तथा स्कुटरका लागि नेपालको आधिकारिक विक्रेता यामाहा नेपालले दशैं तिहारको उपलक्ष्यमा उक्त अफर ल्याएको हो ।

अफर अन्तर्गत १ लाख रुपैयाँसम्मको छुट दिने व्यवस्था गरेका छ । कम्पनीले सबै मोडेलका बाइक खरिदमा न्युनतम ८ हजारदेखि १ लाख रुपैयाँसम्म छुट दिने भएको हो । यस्तै, स्कुटर खरिदमा भने ६ हजारदेखि १ लाख रुपैयाँसम्म छुट पाईने कम्पनीले जनाएको छ । आकर्षक नगद छुटसहित यामाहाले विभिन्न उपहार पनि जित्ने सकिने अफर ल्याएको हो ।

कम्पनीले सबै प्रकारका स्कुटरमा ६ हजारदेखि १ लाख रुपैयाँसम्म छुट दिने जनाएको छ । साथै, कम्पनीले हरेक दिन यामाहा ज्याकेट, हप्तामा आइफोन १४ पाइने छ । यसका साथै मासिक जापान जान पाउने अफर ल्याएको हो ।

बजाज बाइक किन्दा २५ गुणा नगद उपहार

बजाज बाइकको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले बजाजको बाइक खरिदमा दशैं तिहार योजना ल्याएको छ । कम्पनीले दसैं अफरमा ‘आमामा २५ गुणा अफर’ ल्याएको हो । जुन हालसम्मकै ठुलो अफर रहेको कम्पनीको दावी छ । बजाज बाइकको खरिदमा पक्का २५ गुणा नगद उपहार पाइने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । उक्त योजना आगामी मंसिर १४ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ।

मोटरहेडको १ लाख छुटको योजना, शतप्रतिशत क्यासब्याक अफर

मोटर हेड ब्राण्डका बाइक खरिदमा पनि १ लाख रुपैयाँ छुट र शतप्रतिशत क्यासब्याक पाइने छ ।

मोटर हेडको नेपालको लागि आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले ‘महा चाड महा बचत’ नामक अफर अघि सारेको छ । कम्पनीले दशैं तिहार र छठलाई लक्षित गर्दै यो अफर ल्याएको हो ।

कम्पनीले यस अफर अन्तर्गत आफ्ना मोडल इयरका आधारमा फरक अफर प्रस्तुत गरेका छन् । जसमा २५ हजार रुपैयाँदेखि एक लाखसम्म छुटको अफर छ ।

कम्पनीले २०२२ अन्तर्गतको बाइक खरिद गर्ने ग्राहकहरूमध्ये एक जना भाग्यशाली विजेतालाई आफूले तिरेको सम्पूर्ण रकम फिर्ता पाउने गरी बम्पर अफर सुविधा दिएको छ । यो अफर १० भदौदेखि लागू भई छठसम्म कायम रहने छ ।

कम्पनीले विगत ७ वर्षदेखि डर्ट, क्याफे रेसर तथा स्क्रयाम्लर सेग्मेन्ट अन्तर्गतका बाइकहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । प्रालिले धोबिघाट स्थित आफ्नो शोरुम तथा सर्भिस स्टेसनबाट आफ्ना ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।

यसका साथै उपत्यका बाहिर हाल प्रमुख सहरहरू जस्तै इटहरी, हेटौँडा, बुटवल, पोखरा, बाग्लुङ्ग, बिर्तामोड र कावासोतीमा र विकट बजार जुम्ला बजारमा समेत आफ्नो डिलर मार्फत बिक्री वितरण गर्दै आएका छन् ।

जगदम्बा मोटर्सको टिभीएस ब्रान्ड बाइक र स्कुटर

नेपालका लागि टीभीएस स्कुटर तथा मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘हर मोडमा उमंग’ अफर सार्वजनिक गरेको छ । यसअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाखसम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यसका साथै स्कुटर वा मोटरसाइकल खरिद नगर्दै एक लाख जित्ने मौकासमेत छ। हरेक महिना १०० प्रतिशत क्यास ब्याक जित्ने अवसरका साथै एक जनाले बम्परमा १० लाखसम्म जित्ने अवसर रहेको छ ।

एक्सचेन्जमा १० हजार थप मूल्यांकन, शून्य प्रतिशत ब्याजदर र २५ प्रतिशत डाउनपेमेन्टमा मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ । गत भदौ २८ गतेबाट सुरु भएको योजना चाडपर्वको अवधिभर लागू हुने कम्पनीले जनाएको छ ।

सुजुकी बाइक र स्कुटर खरिदमा आकर्षक नगद छुट र सुनको सिक्का उपहार

सुजुकी मोटरसाइल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले दशैं–तिहारलाई लक्षित गरी ‘बाडौं खुशी, चढौं सुजुकी’ अफर ल्याएको छ । अफर अन्तर्गत सुजुकी बाईक खरिद गर्ने ग्राहकले नगद छुटदेखी एक्सचेन्जमा अतिरिक्त मूल्यांकन सम्मका सुविधा पाउनेछन् ।

कम्पनीका अनुसार यस वर्षको दशैं–तीहारमा सुजुकीका जुनसुकै मोटरसाइकल र स्कुटर खरिद गर्दा ग्राहकले तत्काल १० हजार नगद छुट र सुजुकीको नयाँ बाईकसंग सुजुकीकै पुरानो बाइक एक्सचेन्ज गर्दा बजार मूल्यमा १५ हजार अतिरिक्त मूल्यांकन र अन्य ब्रान्डको पुरानो मोटरसाइकल दिएर सुजुकीको नयाँ बाईक एक्सचेन्ज गर्दा १० हजार अतिरिक्त मूल्यांकन पाउन सकिने कम्पनीले जनाएको छ ।

नयाँ स्किम अन्तर्गत ग्राहकले शून्य प्रतिशत ब्याजदरको फाइनान्स सुविधा र एक वर्षको सडक कर निशुल्क पाउनेछन् । साथै हरेक १५ दिनमा लक्कि ड्रमार्फत एकजना भाग्यशाली बिजेतालाई १० ग्राम सुनको सिक्का उपहार दिने कम्पनीको भनाई छ ।

भेस्पा र अप्रिला स्कुटर खरिदमा नगद छुट र इटली घुम्ने अवसर

भेस्पा र अप्रिला ब्रान्डका स्कुटर खरिदमा भने आकर्षक नगद छुटसहित इटली भ्रमणमा जान पाउने अफर ल्याएको छ । भेस्पा र अप्रिला ब्रान्डको नेपालको लागि आधिकारिक विक्रेता डेल्टा अटोकर्पले ‘भेस्पा र अप्रिलासँग उपहारको तरंग, दसैं तिहार तथा छठ’ अफर ल्याएको हो ।

कम्पनीले स्कुटरको खरिदमा १० हजार नगद छुट, हप्तामा अनर ९० (पाइभ जी) प्राप्त गर्न सकिने छ । यसका साथै बम्पर अफरमार्फत् भेस्पा स्कुटर खरिदमा इटली भ्रमणमा जान सक्ने कम्पनीले अफर ल्याएको छ । त्यस्तै, कम्पनीले एक्स्चेन्जमार्फत् थप १० हजार रकम र शून्य ब्याजदरमा स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

सुपर सोको इलेक्ट्रिक बाइक र स्कुटर खरिदमा ४० हजारसम्म छुट

विद्युतीय सुपर सोको मोटरसाइकल तथा स्कुटरले पनि यो वर्ष दसैंलाई लक्षित गर्दै अफर अघि सारेको छ । कम्पनीले दसैंअफरमार्फत् ४० हजार रुपैयाँ छुट र थप मूल्यमा १० हजार छुट दिने अफर ल्याएको हो ।

यसका साथै मासिक ३ हजार ९५८ रुपैयाँ किस्ता तिरेर पनि मोटरसाइकल तथा बाइक खरिद गर्न सकिने जनाएको छ । त्यसमा हेल्मेट निःशुल्क पाइने छ । यसका साथै एक वर्षको सडक दस्तुर, २ वर्ष निःशुल्क सर्भिसिङको सुविधा रहेको कम्पनीले जनाएको छ ।

हिरो बाइक र स्कुटरमा १० हजार छुट, १ लाखसम्मको स्क्रायाच कार्डको अफर

हिरो बाइक र स्कुटरमा १० हजार छुट पाइने छ भने १ लाखसम्मको स्क्रायाच कार्डको अफर अघि सारेको छ । हिरो ब्रान्डको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङले हिरो पर्वमा गर्व अफर मार्फत उक्त योजना अघि सारेको हो ।

कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिदमा १० हजार छुट पाइने सुविधा दिएको छ । यसका साथै बम्पर उपहारमा एक लाख नगद पुरस्कार जित्न सकिने छ । कम्पनीका अनुसार १ लाख सम्मको स्क्रायाच कार्डको अफर पनि अघि सारेको हो ।


प्रतिक्रिया दिनुहोस्