दाेश्राे प्रयासमा नाडा अध्यक्ष बने चौधारी, कार्य समितिमा को-को आए ?

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालमा निर्वाचन नहुने निश्चित भएको छ । नाडाको आगामी नेतृत्वका लागि सर्वसम्म नयाँ कार्य समिति चयन भएको हो ।
आगामी कार्यकालका लागि अध्यक्ष पदमा करण कुमार चौधरी सर्वसम्मत भएका छन् । अध्यक्ष पदका अर्का उम्मेदवार आकाश गोल्छाले चौधारीलाई अध्यक्ष बन्न सहमति जनाएसँगै नाडाको नेतृत्व निर्विरोध चयन भएको हो । सहमतिमा नेतृत्व चयन गर्ने दोस्रो प्रयासबाट उनी अध्यक्ष बनेका हुन् ।
नयाँ कार्यसमिति सदस्यमा आकाश गोल्छा, राजनबाबु श्रेष्ठ, सुरेन्द्र कुमार उप्रेति, मिलन बाबु मल्ल, यमुना श्रेष्ठ, प्रकाश कुपरी कपिल शिवाकोटी, पंकज अग्रवाल, बिक्रम सिंघानिया, संजय कुमार खेतान, सौरभ थापा, नवराज भुषाल, प्रदिमान प्रधान, निराकार श्रेष्ठ, सुनिल रिजाल, ऋद्धि कार्की सर्वसम्मत चयन भएका हुन् ।
यस्तै, संस्थागत सदस्यहरुको तर्फबाट भने संजयकुमार श्रेष्ठ, कृष्ण बहादुर श्रेष्ठ, गणेश भट्टराई,चन्द भण्डारी, तेज नारायण श्रेष्ठ, कुल बहादुर र पुष्कर राज ओझा सर्वसम्मत भएका हुन् । कार्यसमिति सदस्य सर्वसम्मत भए पनि पधाधिकारी भने चयन भएको छैन । नयाँ कार्यसमिति सदस्यहरुबाट नै नाडाको विधान अनुसार पधाधिकारीको टुंगो लाग्ने बताइएको छ । नाडाको ४७औं वार्षिकसाधारण सभा आउँदोे पुस २० र २१ गते काठमाडौंमा हुँदैछ ।