निसानले ल्यायो ‘निसान फेस्टिभ डिल’, नयाँ गाडी खरिदमा १५ लाखसम्म छुट « Arthapath.com
१९ भाद्र २०८१, बुधबार

निसानले ल्यायो ‘निसान फेस्टिभ डिल’, नयाँ गाडी खरिदमा १५ लाखसम्म छुट



काठमाडौँ । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा निसान फेस्टिभ डिलको विशेष छुटको योजना ल्याएको छ । यो योजना निसानका सबै गाडीहरू निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स–ट्रेलमा लागू हुनेछ ।

नजिकिँदै गरेको चाडपर्वको उत्सवमय अवसरमा यो विशेष छुटको योजना ल्याइएको हो । यो योजना चाडपर्वको अवधिभरी लागू हुनेछ ।‘निसान फेस्टिभ ड्राइभ योजना अन्तर्गत ग्राहकहरूले निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाउनुहुनेछ ।

जसअन्तर्गत १ वर्ष निःशुल्क गाडी बीमा, निःशुल्क ३ बर्षको सडक कर, निःशुल्क ३ बर्षको सर्भिसिङ, ३ बर्षको वारेन्टि र १५ लाखसम्मको छुट पाउने कम्पनीले जनाएको छ ।

निसान म्यागनाइट (एक बिग, बोल्ड, ब्युटिफुल र कारिजम्याटिकु एसयुभि नेपाली बजारको एक लोकप्रिय र उत्कृष्ट कार हो जसमा राम्रो रिसेल भ्यालु र क्लास(लिडिङ सुविधाहरू रहेका छन् । निसान म्याग्नाइटको खरिदमा, फेस्टिभ डिल अन्तर्गतको सुविधाहरूका साथै ८०५ सम्म सहज फाइनान्सिङ, र ६ वर्षसम्म नो रनिङ कस्ट को मजा लिन सक्नेछन् ।

त्यसैगरी, निसान एक्स(ट्रेल अझै बिगर र बोल्डर इलेक्ट्रिक एसयुभि हो जसले मस्कुलर स्टाइलिङ, शक्तिशाली पर्फमेन्स र, उच्चस्तरको प्रविधिको साथ पारिवारिङ एडभेन्चर र घुमघामका लागि आरामदायी र उपयुक्त सुविधा प्रदान गर्दछ । निसान एक्स(ट्रेलको खरिद गर्दा ग्राहकहरूले फेस्टिभ डिल योजनाका सबै लाभहरू प्राप्त गर्दै १८ वर्षसम्म नो रनिङ कस्ट’को मज्जा लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्