लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा « Arthapath.com
२९ असार २०८२, आईतबार

लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा



काठमाडों । नेपाली अटो क्षेत्रमा लामो समय देखी सेवा पुर्याउदै आएको लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले न्यू इनर्जी भेहिकल हरु को लागी लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।

लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर काठमाडौंको तीनकुने मा अवस्थित छ। सेन्टरमा ग्रुपले हालसालै ल्याएको चाइनिज़ ब्रान्ड केईको सर्भिस हुने जनाएको छ। केईको शो रुम नक्शाल भाट भटेनीमा सञ्चालनमा आई सकेको छ।

हाल बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जा बाट चल्ने गाडी को लागि भनेर छुट्टै सर्भिस सेन्टर सुरु गरिएको हो। सेन्टरमा अत्याधुनिक प्रविधिका हाइ भोल्टेज ब्याट्रि चेक जांच गर्ने उपकरण जस्तै हाइ भोल्टेज ब्याट्रि बेलेन्सर, लिफ्टिङ ट्रली, हाइ भोल्टेज इन्सुलेटेड टुल्स, एयर टाइट्नेस टेस्टर जस्ता धेरै अत्याधुनिक र विश्व स्तरीय उपकरण का माध्यमबाट परीक्षण र मर्मत हुनेछ। सेन्टरमा सबै प्राविधिक हरु इभी सर्टीफाइड दक्षता हासिल गरेका छ्न्।

सर्भिस सेन्टरमा ईभि चार्जिङ पोइन्ट, यथेष्ठ पार्किंग सुविधा र ६ वटा गाडी एकै साथ सर्भिस गर्न सकिने अत्याधुनिक सर्भिस बे हरु जडान गरिएको छ।


प्रतिक्रिया दिनुहोस्