टाटा पन्च इभीको रिजनल लन्च पूर्वबाट सुरु « Arthapath.com
२७ भाद्र २०८१, बिहीबार

टाटा पन्च इभीको रिजनल लन्च पूर्वबाट सुरु



काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले टाटा पन्च इभीको रिजनल लन्च पूर्वबाट सुरु गरिसकेको छ ।

बिर्तामोड स्थित अलास्का अटोमोवाइल र बिराटनगर स्थित गोयल अटोमा बहुप्रतीक्षित गाडी टाटा पन्च इभीको लन्च गरिएको हो ।कार्यक्रममा गाडी बुक गरेर बस्नु भएको ग्राहकहरुलाई गाडी हस्तान्तरण पनि गरिएको छ ।

सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्गको तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीको साथै उद्योग बाणिज्य संघका सदस्यहरुको सहभागिता रहेको थियो ।

पूर्वको बाटो र माटोलाई सुहाउँदो गाडी भएकोले धेरै ग्राहकहरु पन्च इभीको प्रतीक्षा गरिरहनु भएको र लन्च कार्यक्रममा ग्राहकहरुलाई गाडी हस्तान्तरण गर्न पाउँदा आफूहरु उत्साहित भएको कुरा अलास्का अटोमोवाइलको प्रोपाइटर प्रकाश सिवाकोटीले बताए ।

गत चैत्रमा भएको आइपीएलको समयबाटै गोयल अटो बिराटनगरमा पन्च इभीको सोधपुछ बढेको र अन्ततः गाडी बिराटनगरमा डेलिभरि गर्न पाउँदा गर्व महसुस भएको जानकारी स्नेह गोयलले गराए ।

पूर्वको लन्च सकेर अब टाटा पन्च इभीको रिजनल लन्च मधेश प्रदेशमा हुन लागेको छ । टाटा पन्च इभीको शुरुवाति मूल्य ३३ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरिएको हो ।

पन्च इभी ३३.९९ को भेरिएन्टमा यो भन्दा दुइ सेगमेन्ट माथिको विशेषताहरु भ्वाइस एसिस्टेड सनरुफको साथै, ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो/एप्पल कार प्लेको आनन्द लिन सक्नु हुन्छ। पन्च इभीको ग्राउन्ड क्लियरेन्स १९० मिमि रहेको छ भने यो गाडी न्ल्ऋब्ए मा ५ स्टार सेफ्टी रेटिंग पाएको गाडी हो ।


प्रतिक्रिया दिनुहोस्