सीजी मोटर्सले नेपाल भित्र्यायो सब-कम्प्याक्ट एसयुभी दायुन युइहु : कति पर्छ मूल्य ? यस्ता छन् फिचरहरु
काठमाडौं । चीनको उत्कृष्ट अटोमोबाइल निर्माता दायुन ग्रुपले उत्पादन गरेको मोष्ट अफरडेवल सब–कम्प्याक्ट एसयुभी ‘दायुन युइहु’ नेपाली बजारमा सार्वजनिक भएको छ ।
सीजी मोटर्सले दायुन युइहु सब–कम्प्याक्ट एसयुभी नेपाली बजारमा सार्वजनिक गरेको हो । दायुन युइहु नेपालको बाटोलाई सुहाउँदो र पर्फेक्ट रहेको सीजी मोटर्सको दावी छ ।
दायुन युइहुमा ३५ किलोवाटको मोटर रहेको छ, जसले १०५ एनएमको टर्क जेनेरेट गर्दछ । यसमा ३०.६६ किलोवाटआवरको ब्याट्री पाउन सकिन्छ । उक्त ब्याट्रीले ३०० किलोमिटर रेञ्ज प्रदान गर्दछ भने २० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न डिसी चार्जर मार्फत ५० मिनेट भन्दा कम लाग्ने कम्पनीले जनाएको छ।
दायुन युइहुको मोटर र ब्याट्रीमा उत्कृष्ट ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेण्टी पाउन सकिन्छ । यसको च्यासिसमा कम्पनीले ५ वर्ष वा १ लाख २० हजार किलोमिटरको वारेण्टी प्रदान गरेको छ ।
दायुन युइहु सब–कम्प्याक्ट एसयुभीमा उत्कृष्ट २०१ एमएमको ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । साथसाथै उक्त गाडी फिचर्सहरुले पनि भरिपूर्ण रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ७ इन्चको इन्सट्रुमेन्ट क्लस्टर, किलेश इन्ट्री, टाएर प्रेशर मनिटरीङ्ग सिस्टम, एयरब्याग, एबिएस, इबिडि, हिल स्टार्ट एसीस्ट कन्ट्रोल, अटोमेटिक हेडल्याम्प, वन टच विन्डो, पार्किङ्ग रेडार र क्रुज कन्ट्रोल जस्ता फिचर्सहरु उक्त गाडीमा समावेश गरिएको छ ।
नेपाली बजारमा इलेक्ट्रिक भेहीकलहरुको बढ्दो मागलाई ध्यानमा राखी सीजीले नेपालका बिभिन्न स्थानमा २०० भन्दा धेरै चार्जिङ्ग स्टेशनहरु स्थापना गरिसकेको छ । यो संख्या अझै बढ्दो क्रममा रहेको छ ।
दायुन युइहु सब–कम्प्याक्ट एसयुभीमा जिबिटि प्रणालीको चार्जिङ्ग प्वाइन्ट रहेको हुनाले सीजी मोटर्सले सञ्चालनमा ल्याइसकेका चार्जिङ्ग स्टेशनहरु मार्फत नेपालभर ढुक्कसँग यात्रा गर्न सकिनेछ । दायुन युइहु सब–कम्प्याक्ट एसयुभीको मुल्य ३१ लाख रुपैयाँ रहेको छ ।
दायुन ग्रुपले चीनमा हेभी ट्रक, लाइट ट्रक, कार, मोटरसाइकल र इन्जिनहरु उत्पादन गर्दै आएको छ । चीनमा दायुन ग्रुप निकै रुचाइएको पनि छ ।
बिक्रि वितरण सुरु गरेको दायुन ग्रुपले सन् २००४ मा कमर्सियल भेहीकल सेगमेन्टमा सेवा विस्तार गरेको थियो । सन् २०१७ बाट आधिकारिक रूपमा न्यु इनर्जी प्यासेन्जर भेहीकल सेगमेन्टमा पनि प्रवेश गरेको पाइन्छ । ६ वटा उत्पादन केन्द्रहरू बाट वार्षिक १८ लाख ७० हजार गाडीहरु उत्पादन गर्ने दायुन ग्रुपले चिनियाँ बजारमा व्यापक सफलता हासिल गरेको छ ।