कम मुल्यमै धेरै फिचर भएको इभी गाडी दिपल होः ब्रान्ड एम्बेसेडर पारस खड्का
काठमाडौं । चांगान नेपालले नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्कालाई दिपल इभीको आधिकारिक ब्रान्ड एम्बेसेडर घोषणा गरेको छ ।
काठमाडौंको एक होटलमा आयोजित एक कार्यक्रममा नेपाल क्रिकेट एसोसिएसनका सचिव समेत रहेका खड्कालाई दिपल इभीको ब्रान्ड एम्बेसेडरमा नियुक्त गरेको हो ।
कार्यक्रममा क्रिकेटर पारस खड्काले दिपल इभीसँग आबद्ध हुन पाउँदा हर्षित भएको बताए । ‘यति धेरै फिचरले भरिएको इभी यति कम मूल्यमा छ, जुन यो सेग्मेन्टमै छैन,’ उहाँले भने, ‘इनोभेसन र टेक्नोलोजीमार्फत् इभी बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै गरेको दिपलसँग आबद्ध हुन पाउँदा खुसी छु ।’
त्यसैगरी, पारसलाई दिपल एस ०७ को साँचो हस्तान्तरण गर्दै एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले आफ्नो पर्फर्मेन्स र एक्सिलेन्सप्रति प्रतिबद्ध व्यक्तित्वलाई दिपल इभीको ब्रान्ड एम्बेसेडर बनाउन पाउँदा गर्व महसुस गरिरहेको बताए ।
केही महिनाअघि सार्वजनिक भएको दिपल एस०७ आफ्नो उत्कृष्ट डिजाइन, अत्याधुनिक प्रविधि र अद्वितीय पर्फर्मेन्सका कारण लोकप्रिय बनेको छ ।
नेपालमा सार्वजनिक भएयता चांगानले पाँच सयभन्दा बढी युनिट एस०७ डेलिभर गरिसकेको छ । यो फ्यचरिस्टिक इभीमा जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्टेलिजेन्ट ड्राइभिंग मोड लगायत १५ भन्दा बढी फस्ट टाइम इन नेपाल फिचरले भरिएको दिपलले नेपाली इभी बजारमा नयाँ मापदण्ड स्थापना गर्न सफल छ ।